बेलायतबाट नेपाल आउन नपाइने

वेलकम खबर
पुस ७, २०७७

काठमाडौं। सरकारले बेलायतबाट यात्रु नेपाल ल्याउन र बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै उक्त देशबाट नेपाल आउन निषेध गरेको नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले सम्बन्धित वायुसेवाका लागि जारी गरेको एक सूचना अनुसार बेलायबाट कुनै पनि यात्रु नल्याउन र ट्रान्जिटसमेत निषेध गरिएको छ। यो सूचना प्राधिकरणले नेपालबाट उडान गर्ने र नेपाला आउने विदेशी वायुसेवाका लागि जारी गरेको हो।

नेपालमा उडान गर्ने विभिन्न २६ वटा अन्तर्राष्ट्रिय वायुसेवाका लागि प्राधिकरणले सूचना जारी गरेको हो। प्राधिकरणले ८ पुस २०७७ ९बुधबार० देखि अर्को सूचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल यात्रा गर्न निषेध गरेको उल्लेख छ।

नेपालबाट हाल हिमालय एअरलाइन्स र  नेपाल वायुसेवा निगमले मात्रै अन्तर्राष्ट्रिय उडान गर्छन्। यी दुवै वायुसेवाले बेलायत उडान गर्दैनन्। अन्य विदेशी वायुसेवाले भने ट्रान्जिट बनाउन सक्ने र यात्रु ल्याउन सक्ने भएकोले नेपालले सुरक्षा सचेतनाका लागि सम्बन्धित वायुसेवालाई सूचित गराएको पनि प्राधिकरणले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*