BREAKING: ७ मन्त्रीले दिए सामूहिक राजीनामा
वेलकम खबर
पुस ५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसगैँ पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल पक्षका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।
पूर्व माओवादी खेमाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।



















