भोलिबाट उपत्यकामा सवारी साधनको जोर–बिजोर हट्ने

वेलकम खबर
पुस २, २०७७

काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ। बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै ३ पुस बिहानदेखि लागू हुनेगरी जोर९बिजोर प्रणाली हटाइएको उल्लेख गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार, १ असोजदेखि उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको थियो। सार्वजनिक सवारीका सरोकारवालाहरूले यसको विरोध गर्दै आएका थिए। यातायात व्यवसायी र विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोर–बिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।

जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकमा यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिले सार्वजनिक सवारीमा समेत जोर–बिजोर लागू गर्दा भीड बढेर झन् कोरोना भाइरसको संक्रमण फैलनसक्ने जोखिम रहेको बताएका थिए।

जोर–बिजोर हटाउने निर्णयसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा निर्वाधन गुड्न पाउनेछन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*