संवैधानिक परिषद् सम्बन्धि अध्यादेश भित्र यस्तो छ व्यवस्था (विस्ततृमा)

सरकारले अध्यादेश जारी गरेपछि अब संवैधानिक परिषदको बैठक बस्न बहुमत सदस्य भए हुने भएको छ ।
वेलकम खबर
मंसिर ३०, २०७७

सरकारले अध्यादेश जारी गरेपछि अब संवैधानिक परिषदको बैठक बस्न बहुमत सदस्य भए हुने भएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा तत्काल कायम रहेको सदस्यको बहुमत संख्या उपस्थित भएमात्रै बैठक बस्न सक्ने व्यवस्था गरिएको हो । यसको अर्थ प्रधानमन्त्री समेत गरी तीन जना उपस्थित भएमा बैठक बस्न सक्ने छ ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी गरी संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने राखिएकाे हाे । यसकाे अर्थ प्रधानमन्त्री सहित तीन जना सहभागी भएमा बैठक बस्न सक्नेछ ।

यसअघि प्रधानमन्त्री सहित ५ जनाको उपस्थितिलाई अनिवार्य मानिएको थियो । परिषद् सदस्यका रुपमा रहने प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेकाले ५ जनाको उपस्थिति अनिवार्य नै मानिएको थियो । तर मंगलबारको बैठकमा सभामुख समेत उपस्थित नहुँदा बैठक बस्न सकेको थिएन् । यसअघि आइतबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेका कारण प्रभावित भएको थियो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरुमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने सट्टा सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ उल्लेख गरिएको छ । उपदफा (६) र (७) भने झिकिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*