नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने

वेलकम खबर
मंसिर २९, २०७७

काठमाडौं। नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ। नेपालबाट गएका यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ।

यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो। तर त्यसरी हङकङ पुगेका केही यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि चौथो पटक दुई साता लामो प्रतिबन्ध खेपिसकेको छ।

यसले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएपछि कोरोना परिक्षण गर्ने प्रयोगशालाहरुमाथि नै प्रश्न उठाएको थियो। उसले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको मात्र रिर्पोटलाई मान्यता दिने निर्णय गर्‍यो। तर यसरी गएकाहरुमा पनि कोरोना पुष्टि भएको छ।

छानबिनका क्रममा प्रयोगशालामा कुनै कमजोर नभेटाएपछि एयरलाइन्स यात्रुमाथि नै कडाइ गर्ने निष्कर्षमा पुगेको छ। पीसीआर टेष्टका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने लगायतका मापदण्ड पालना नगर्दा हङकङ पुगेपछि संक्रमण पुष्टि भएको हुनसक्ने एयरलाइन्सको अनुमान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*