नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

वेलकम खबर
मंसिर २८, २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए।

आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*