विजेता तथा नियुक्ति पाउनेलाई ताप्लेजुङ सराेकार केन्द्रले गर्याे सम्मान
काठमाडौं । नेपाल उधाेग बाणिज्य संघका केन्द्रीय सदस्य निर्वाचित तथा नेपाल सरकारका विभिन्न निकायमा नियुक्ति भएका ताप्लेजुङेेहरुलाई सम्मान गरिएकाे छ ।
ताप्लेजुङ सराेकार केन्द्र, काठमाडौंले अाज कार्यक्रम गरि बधाई तथा शुभकामना कार्यक्रम गरेकाे हाेे ।
कार्यक्रममा संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले विजेता तथा नियुक्ति भएकाहरुलाई बधाई दिदै जिल्लाको विकासमा अहाेरात्र खटने प्रतिबद्धता जाहेर गर्नुभयो । मन्त्री भट्टराईले नियुक्ति पाउने सबैले राम्रो काम गरेर देखाउन अाग्रह गर्नुभयो ।
सम्मानित हुनेहरुमा उधाेग बाणिज्य संघकाे केन्द्रीय सदस्य तारानाथ घिमिरे ,बाैद्व दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फूपू छेम्वे शेर्पा,साँस्कृतिक संस्थानका महाप्रबन्धक असाेक प्यासी राई,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्ले,नेपाल ट्रष्टका बाेड सदस्य याङजाेम शेर्पा,नेपाल नागरिक उड्डयन प्राधिकरणका सदस्य महेश गुरागाई,नेपाल वायुसेवा निगमका सदस्य ईश्वरी पाैडेल,नेपाल पर्वतारोहण प्रतिष्ठान सदस्य पिके शेर्पा,नेपाल बालसंगठनका सदस्य देउमान विष्ट र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशाेक लाेहरुङ राई रहनु भएकाे छ ।
विजेता तथा नियुक्ति भएकाहरुलाई संविधानसभा सदस्य पासाङ शेर्पा र सराेकार केन्द्रका सल्लाहकार धुर्वनारायण श्रेष्ठले शुभकामना दिदै राम्रो काम गरेर जिल्लाकाे नाम राख्न अनुराेध गर्नुभयो ।
कार्यक्रम सराेकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।



















