नेपालगन्ज विमानस्थलकाे विकास दिल खाेलेर गरिन्छ : पर्यटन मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका एयरपोर्टकाे रुपमा विकास गर्ने बताउनु भएकाे छ । अाज नेपालगन्ज बिमानस्थलमा एटीअार ७२ स्तरका थप ६ वटा जहाजहरु पार्किङ् गर्न सकिने गरी निर्माण सम्पन्न भएकाे एप्राेनकाे उद्वघाटन गर्दै मन्त्री भट्टराईले नेपालगन्ज एक अन्तर्राष्ट्रिय व्यापारी केन्द्र भएकाेले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउनु पर्ने बताउनु भएकाे हाे ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलकाे गुरु याेजना मन्त्रीपरिषदबाट पास हुने क्रममा रहेकाे जानकारी दिनुहुदै साे विमानस्थलकाे क्षमता विस्तारमा प्रधानमन्त्रीकाे समेत चासाे रहेकाे बताउनुभयो । मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलकाे रनवे विस्तार गरिने,टर्मिनल भवन नयाँ बनाउने बताउदै रनवेकाे लागि थप जग्गा अधिग्रहण गरिने समेत बताउनुभयो । उहाँले रनवे १८ सय मिटर भएमा एयर बस ३२० अवतरण गर्न सक्ने जानकारी दिदै रनवेकाे लागि जग्गा थप गरेर भएपनि रनवे विस्तार गर्ने बताउनुभयो ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलले विकास दिल खाेलेर गर्ने बताउदै विमानस्थल विस्तारमा साझेदारीकाे माेडललाई अात्मसाथ गरिने बताउनुभयाे ।उहाले एयरपोर्ट नेपालगन्ज एयरपोर्ट विस्तारकाे काममा नगरप्रमुखलाई साझेदारी गर्न अाग्रह समेत गर्नु भयाे । उहाँले सुर्खेत,विराटनगर र महेन्द्रनगर एयरपोर्टमा प्रदेश र स्थानीय सरकारसँग साझेदारीमा काम अगाडि बढाईएकाे जानकारी समेत दिनुभयाे ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पाेखरेलले विमानस्थल पूर्वाधारमा सहकार्य नीति अवलम्बन गरेकाे बताउनुभयो । हाल नेपालगन्ज एयरपोर्ट लम्बाई १५ सयबाट बढाएर १७ सय पाँच पुर्याईएकाे छ ।


















