सिमिकाेट विमानस्थललाई पर्यटकीय हब बनाउँछौँ : पर्यटनमन्त्री भट्टराई

वेलकम खबर
मंसिर १६, २०७७

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईलेले हुम्लाको सिमिकाेट विमानस्थललाई पर्यटकिय हबकाे रुपमा विकास गर्ने बताउनुभयो ।
अाज हुम्लाकाे सिमिकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य प्रवेशुुद्वार हुम्ला भएकाेले धार्मिक तथा साँस्कृतिक हबकाे रुपमा विकास गर्नु पर्ने बताउनु भएकाे हाे ।
मन्त्री भट्टराईले पर्यटनकाे हिसाबले पूर्वकाे लुक्ला जति नै पर्यटक सिमिकाेटमा अाउने बताउदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताउनुभयाे । यहाँले भन्नुभयो यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न अावश्यक छ त्यस‌ले पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न अाग्रह गर्नुभयो ।उहाँ हुम्लाको पर्यटन क्षेत्रकाे विकासकाे लागि मन्त्रालयकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे । मन्त्री भट्टराईले सिमिकाेट विमानस्थलमा निमार्ण भई रहेकाे एप्राेन,पाकिङ लगायतका काम चाडाे सक्न निर्देशन समेत दिनुभयो ।
नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएकाे बताउदै कुनै पनि हालतमा पाटी नफुटने दाबी समेत गर्नुभयो ।
सासद छक्कबहादुर लामाले सिमिकाेट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलकाे विस्तार गर्न मन्त्री भट्टराईसंग अाग्रह गर्नुभयो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजाेडिदा सुत्केरी तथा विरामी समस्यामा परेकाे साथै टेलिफोनकाे समस्या रहेकाे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*