जिल्लातर्फ कार्यसमिति सदस्यको मत परिणाम सार्वजनिक, ताप्लेजुङका तारानाथ घिमिरे लगायत यी हुन् विजेता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फका कार्यसमिति सदस्यको मत परिणाम पनि सार्वजनिक भएको छ ।
कार्य समिति सदस्यमा निर्वाचित हुनेमा ताप्लेजुङ उधाेग बाणिज्य अध्यक्ष तारानाथ घिमिरे ,अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमीया, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का रहेका छन् । यस्तै किशोरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डीबी बस्नेत,देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी महेन्द्रकुमार श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, राजेन्द्र लयालू, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।



















