निजगढ विमानस्थल निर्माणमा मन्त्री भट्टराईको सक्रियता, अर्को हप्ता लगानी जुटाउन छलफल गर्दै

वेलकम खबर
मंसिर १२, २०७७

,काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज पर्यटन मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ंअन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहने गरि गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, लगानी बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्वद्ध पदाधिकारीहरु बसी एक वर्षको कार्यतालिका सहितको ठोस कार्ययोजना बनाइ पेश गर्ने सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने तोकिएको छ ।


त्यस्र्तै डिभिजन वन कार्यालय, बाराद्वारा बरिपरी निर्माणका निम्ति यस अघि नै गणना सम्पन्न गरिएका ४,२३२ रुख कटानका सम्बन्धमा समितिको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयलाई ताकेता गर्ने उल्लेख गरेको छ भने बस्ती स्थानान्तरणका सम्बन्धमा सुझाव दिन गठित भूमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव दिपककुमार पहाडीको संयोजकत्वको समितिले हालसम्म गरेका कार्यहरुका आधारमा स्थानीय एवं प्रदेश सरकारसमेतको अपनत्व हुने गरी वस्ती स्थानान्तरणका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने कृयाकलापहरुको ठोस विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश उल्लेख गरेको छ ।
बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण आयोजना कार्यालयको स्तरोन्नउन्ती गरी हाल कार्यरतभन्दा कम्तिमा दुई तह माथिको आयोजना प्रमुख खटाउने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*