आन्तरिक पर्यटन प्रर्बद्धन प्याकेज तयार गरौ : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । आज नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाहय पर्यटन आवागमन कम हुने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गर्नु भएको हो ।
ब्यसायीहरुले पर्यटक आवागन भिषा खोली पर्यटकिय गतिविधि सुचारु गर्न माग गरेका थिए ब्यसायीहरुको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन भिषा खुला गरेपनि धेरै पर्यटक आउछन भनेर उत्साहित हुने अवस्था नरहेका बताउदै विदेशीहरुलाई जस्तै स्वदेशीहरुलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गर्नुभएको हो ।
उहाँले अन्य देशमा कोभिड पछि एयरपोर्ट नै बन्द भएपनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको बताउदै कोभिड पछि त्रिभुवन अन्र्तराष्ट्रिय एयरपोर्टबाट चार लाख मानिसले हवाई जहाज प्रयोग गरेको बताउनुभयो ।

मन्त्री भट्टराईले असोज ५ गते देखि नियमित उडान शुरु गरेपछि हाल सम्म ४ हजार ८०४ उडान काठमाडौ बाहिर भएको ४ हजार ५५ काठमाडौ भित्रिएकोे जानकारी गराउदै सो उडानबाट एक लाख ७५ काठमाडौबाट बाहिरिए भने एक लाख ६९ हजार काठमाडौं भित्रिएको बताउनुभयो ।
मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपाल भने भने ४० प्रतिशत उडान भई रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय उडानमा दक्षिण एसियामा लचकता अपनाउने देश नेपाल बताउदै भारतले सो पनि गर्न नसको बताउनुभयो ।
उहाँले नेपालको एयरपोर्टमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै अन्र्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ )ले २५ हजार डलरले नेपाललाई पुृरस्कृत गरेको समेत बताउनुभयो । मन्त्री भट्टराईले पर्यटन क्षेत्रकोे लागि सरकार र निजी क्षेत्र एउटै भएको बताउदै पर्यटन ब्यसायी र सरकार एक अर्काको सहयोगी भएर काधमा काध साथमा साथ दिएर अघि बढ्दा पर्यटनको पुर्नउत्थान हुने धारणा ब्यक्त गर्नुभयो ।


















