विमानस्थलको सुरक्षाका लागि छुट्टै युनिट बनाउछाै : मन्त्री भट्टराई

वेलकम खबर
मंसिर २, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनु भएकाे छ ।
अाज त्रिभुवन विमानस्थल भित्र निर्मित सुरक्षा गार्ड भवनको समुउद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुका लागि गृह,अर्थ रक्षा र पर्यटन मन्त्रालय बीच छलफल चलिरहेको बताउनुभयाे ।

उहाँले हाल मूलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समय भित्रै पोखरा र भैरहवा विमानस्थल अन्तराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाईएको मन्त्री भट्टराईको भनाई थियोे ।

उहाँले एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने गरेकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताउदै लागू औषधको ओसारपसार, अन्तराष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने उहाँ दाबी थियाे ।

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भन्नुभयाे ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरु आएका हुँदैनन्, अन्तराष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेका छ । त्यसैले विमानस्थलको सुरक्षाको विषय चूनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’ मन्त्री भट्टराईले सुविधा सम्पन्न प्रहरी सुरक्षा भवन बनेकाेमा खुशी ब्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता बृद्वि हुने विश्वास ब्यक्त गर्नुभयो ।
्नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पाेखरलले लकडाउनकाे समयमा पनि टिअाएमा दुईवटा वाईडबढी जहाज अटने पाकिङ,टयाक्सी पाकिङ,रनवे विस्तार लगायतका काम गरेकाे जानकारी गराउदै टिअाईएकाे गुरु याेजना पूनरावलाेकन भईरहेकाे बताउनुभयो । अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ ।
तीन सय ५० जनाकाे क्षमता भएकाे तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*