लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाईने :पर्यटनमन्त्री भट्टराई
कार्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताउनु भएकाे छ ।
अाज साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताउनु भएकाे हाे । उहाँले साे काे लागि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसकाे लागि अावश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र अाधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणले गर्ने प्रस्ट पार्नुभयाे । उहाँले एयरपोर्ट सुरक्षामा दिनु पर्ने बताउदै एक्से मेसिन लगेज बेल्टकाे प्रस्ताव पठाएमा बजेटकाे ब्यवस्था गरिदिने बतन समेत दिनुभयो ।
मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएकाे उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज,हिमाल,जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकाेले सुचना केन्द्र अावश्यक रहेको बताउनुभयाे उहाँले सगरमाथा क्षेत्र,शेर्पा संस्कृति जानकारी एेतिहासिकता,टेकिङ रुट तथा पर्यटकिय क्षेत्रकाे सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास ब्यत्त गर्नुभयो । मन्त्री भट्टराईले अार्थिक समृद्धिकाे लागि उत्पादनमा जाेड दिन अाग्रह गर्दै किबी स्याउ,पशुपालन लाग्न साे क्षेत्रका बासिन्दाहरुलाई अनुराेध गर्नुभयाे ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनकाे उचित प्रयाेग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयाेगी बनाउन अाग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्यन थालिएको बताउनुभयाे ।खुम्बुगाउँ पालिकाका कार्यबाहक अध्यक्ष टाँसील्हामु शेर्पाले मन्त्रीकाे पटकपटककाे ताकेता मात्रै समयमै भवन निर्माण दाबी गर्दै विमानस्थल थप ब्यवस्थित बनाउन माग समेत गर्नुभयो ।सूचना केन्द्र ३ कराेड ६३ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे ।



















