पार्टी फुटन दिन्नौ : मन्त्री भट्टराई
ताप्लेजुङ ।नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिने बताउनुभएकोछ ।
गृह जिल्ला ताप्लेजुङको विभिन्न गाउपालिकामा कार्यकता भेटघाट कार्यक्रममा आज आठराई त्रिवेणी गाउँपालिकामा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिएपनि कुनै हालतमा पार्टी नफुटने बताउदै पार्टी जोगाउने दोस्रो पुस्ताको नेता लाग्ने बताउनुभयो ।
उहाँले भन्नु भयो “नेकपा समुन्द्र हो, समुन्द्रमा छाल आउछ त्यही विलाउँछ छाल आयो भन्दैमा आतिनु हुर्दै” पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कुनै पनि विचलित नहुनसमेत मन्त्री भट्राईले आग्रह गनुभयो । पार्टीमा प्रधानमन्त्री बनिसकेका चार चार जना नेताहरु रहनु भएकोले पार्टीमा सामान्य समस्या मात्र भएको दाबी गदै ठूलो बारी जोत्दा पनि केही राटाहरु रहन्छ त्यसलाई फेरि जोतिन्छ र मिलाईन्छ नेकपा पनि नेताहरुले आ आफनो तर्फबाट त्याग गरी पार्टी जोगाउनु पर्ने धारणा राख्नुभयो उहाँले भन्नुभयो “नेकपा पार्टी एउटा बलियो इन्जिन हो यसमा दुई जना कुशल चालक छन्, उहाँहरुको ड्राभ लाई हामिले राम्रोरी नियालिरहेका छौ” कसैको करमा कापमा दुई पार्टी एक नभएको भन्दै स्थायी सरकार निमार्ण तथा देश समृद्ध बनाउँनुका लागि पार्टी एकता भएको भन्दै पार्टी कुनै हालतमा फुट्न नदिने मन्त्री भट्राईले बाउनुभयो । उहाँले पार्टीको एकता कायम गर्नका लागि पनि जनदबाव सृजना गर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । मन्त्री भट्टराई गत शनिवार देखि देखि पालिका स्तरीय कार्यक्रम लिएर गृह ताप्लेजुङमा हुनुहुन्छ ।



















