कार्यकर्ताले पाटी नफुटाउन मन्त्री मार्फत पठाए सन्देश
ताप्लेजुङ ।ताप्लेजुङमा नेकपाका नेता तथा कार्यकताले पाटी फुटाएमा अपराध हुने बताएका छन । गाउपालिका स्तरीय कार्यक्रममा गाउ गाउ पुगेका नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईलाई अाईतवार साे कुरा बताएका हुन ।
प्रधानमन्त्री केपी शर्मा अाेलीसंग जेल बस्दा चेस पाटर्नर समेत रहेका मिक्वाखाेला ३ का ७४ बर्षिय नारायण लुङखिम्वा लिम्बुले पाटी फुटाएमा अपराध हुने बताउदै चुलाका तीन चम्का जस्तै तीन नेता मिल्नुकाे बिकल्प नभएकाे नेतालाई सुझाएका छन ।
त्यस्तै नेकपाका पुराना नेता तथा पूर्व क्षेत्रिय सदस्य बलनाथ लिवाङ पाटी बिभाजन गरेर गाउमा अाए सिरुपाते (लामाे खुकुरी ) लिएर बस्ने छु भन्नुभयो प्रति उतरमा नेता तथा मन्त्री भट्टराईले केन्द्रमा केहि असहज अवस्था देखिएपनि पाटी विभाजन नहुने विश्वास दिलाउदै उहाँहरुकाे कुरा जस्ताकाे तस्तै नेताहरु कमरेड केपी अाेली र प्रचण्ड सुनाउने बताउनुभयो । मन्त्री भट्टराई गाउँपालिका स्तरीय कार्यक्रम ताप्लेजुङकाे विभिन्न पालिमामा हुनुहुन्छ



















