पर्यटन मन्त्रीद्वारा ताप्लेजुङमा अाईसिटी ल्याब उद्घाटन

वेलकम खबर
कार्तिक २२, २०७७

ताप्लेजुङ ।गृह जिल्लाका पालिका स्तरीय कार्यक्रममा सहभागी हुन ताप्लेजुङ अाउनु भएका संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराइले शनिवार बिहानै २ वटा कार्यक्रम सम्पन्न गर्नु भएको छ । उहाँले केहिबेर अघि मात्र फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ३ लिङ्खिमस्थित सिँवा माध्यमिक बिद्यालयमा स्थापित आइसीटी केन्द्रको उद्घाटन गर्नु भएको हो ।

बिद्यालयलाइ प्रविधिमैत्री बनाउन सिँवा माविले सूचना प्रविधि कक्षको स्थापना गरेको छ । मन्त्री भट्टराइकै सहयोग र पहलबाट सो माविमा सूचना प्रविधि कक्ष स्थापना भएको हो । सो माविका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार बिद्यालयमा २४ वटा कम्युटर,प्रिन्टर,त्यसलाइ सञ्चालन गर्ने नविकरणीय उर्जा,इन्टरनेट सहित करिव १ करोड रुपैंयाको लागतमा बिद्यालयमा सूचना प्रविधि कक्ष सथापना भएको छ । अब त्यहाँका बिद्यार्थीलाइ अतिरिक्त कक्षा अन्र्तगत कम्युटर कक्षा लिन पाउने छन् भने सूचना प्रविधि कक्षमार्फत पाठ्यक्रममा भन्दा बाहिरकमा नयाँ ज्ञान र जानकारी समेत त्यहिँ कक्षमार्फत प्राप्त हुने छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद अन्छङ्वोका अनुसार प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङबाट पनि बिद्यालयलाइ सूचना प्रविधि कक्ष सञ्चालनमा सहयोग गरेको छ ।

प्रदेशसभाका सांसद टंक आङ्बुहाङ र गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले समेत बिद्यालयको भौतिक पूर्वाधार,सूचना प्रविधि कक्ष व्यवस्थापन सहितका कार्यहरुमा उल्लेखनीय सहयोग गरेको भन्दै बिद्यालयले आभार प्रकट गरेको छ ।

णमन्त्री भट्टराइले शनिवार दिउँसो फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापोथोक पुगेर जनप्रतिनिधि तथा स्थानीय नागरिकसंग सम्बाद गर्ने कार्यक्रम रहेको मन्त्री भट्टराइका प्रेश संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व सांसद तिलकुमार मेन्याङको,प्रदेश सांसद्ध द्धय टंक आङ्बुहाङ र बलबहादुर साम्सोहाङ र गाउँपालिका अध्यक्ष सरोज एभेङ सहितको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*