ताप्लेजुङमा यो वर्षको तिहारमा देउसी-भैलो खेल्न नपाइने

वेलकम खबर
कार्तिक २०, २०७७

ताप्लेजुङ। कोरोना प्रभाव तत्काल नहट्ने संकेत देखेपछि ताप्लेजुङका स्थानीय तहका वडापालिकाहरुले यसवर्षको तिहारमा देउसी भैलो खेल्न नआउन र आफ्नालाई पनि बाहिर नजान आग्रह गरेका छन्।

मेरिङ्देन गाउँपालिकाको वडा नं. ६ नाल्बुमा त देउसी भैलोमा पूर्ण प्रतिबन्ध नै लगाइएको छ। वडाध्यक्ष ठाकुरसिंह लिम्बूले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो वडामा देउसी भैलो खेल्न नआइदिन सबैलाई आग्रह गरेका छन्।

आफ्नै वडापालिका भित्रका नागरिकलाई पनि आफ्नो घरपरिवार भित्रै बसी तिहार पर्व मनाउन आग्रह गरिएको मेरिङ्देन गाउँपालिका प्रवक्ता समेत रहेका नाल्वुबाट निर्वाचित वडासदस्य सूर्यमान बराइलीले जानकारी दिए।

यता, मिक्वाखोला गाउँपालिकाको केन्द्र वडा नं ४ साँवाले पनि यसवर्षको तिहारमा आफ्नो वडाक्षेत्र भित्र देउसी भैलो खेल्न प्रतिबन्ध गरेको छ। आफ्नो वडा भित्र देउसी भैलो प्रतिबन्ध गरेको वडाले वडा भित्रका नागरिकलाई पनि पालिका भित्रकै अन्य वडासहित अन्य कुनै ठाउँमा गइ देउसी भैलो खेल्नमा रोक लगाएको छ।

वडाध्यक्ष भीम लिम्बूले सूचना जारी गर्दै कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि यस्तो निश्कर्षमा पुगेको बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*