ताप्लेजुङको उकाली पानी गुरुङटोलमा होम स्टे शुरु

वेलकम खबर
कार्तिक २०, २०७७

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ ४ स्थित उकाली पानी गुरुङटोलमा होम स्टे शुरु गर्ने भएको छ।

आज होम स्टे सभ्यताको अध्ययन कार्यक्रमको उद्घाटन प्रदेश सभा सभा सदस्य बलबहादुर साम्सोहाङले गर्नु भएको थियो। उद्घाटन कार्यक्रम मा बोल्दै सदस्य सामसोहाङले होमस्टेले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनले होमस्टेले स्थानीय परिकार पस्कने तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने विश्वास गर्नुभयो तारागाँउ विकास समितिको आयोजनामा सो कार्यक्रम भएको हो। कार्यक्रम दुई दिन सम्म चल्ने छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*