भारतीय सेना प्रमुख नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने

वेलकम खबर
कार्तिक २०, २०७७

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन्। शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम तय गरिएको हो।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यु बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ। होटल एभरेष्ट भ्युमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ।

जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ८ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ। त्यहाँबाट सगरमाथा नजिक देखिन्छ। छोटो सयम दृश्यावलोकन पछि उनी नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ। नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*