१०० देशका नागरिकलाई बिनाभिसा ओमान जान अनुमति

वेलकम खबर
कार्तिक २०, २०७७

एजेन्सी। ओमानको वित्त मन्त्रालयले हालै आफ्नो वित्तीय सन्तुलन योजना घोषणा गरेको छ। उक्त घोषणमा १०० देशका नागरिकलाई बिनाभिसा ओमान जान अनुमति दिइने बताइएको छ। हाल, ओमानले कोरोना भाइरसको कारण भ्रमण भिसा दिएको छैन।

छुट हुने देशहरूको सूची अहिलेसम्म जारी गरिएको छैन र आउँदो महिना यो घोषणा गरिने जनाइएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उक्त निणयले पर्यटकहरू वृद्धि हुने र पर्यटन क्षेत्रमा लगानीकर्ता बढ्ने अपेक्षा गरिएको जनाएको छ।

हाल, सबै जीसीसी राज्यहरू (यूएई, बहराइन, कतार, साउदी अरेबिया र कुवेत) का लागि ओमान भ्रमण गर्न भिसा आवश्यक पर्दैन। घरेलु उडान आवागमन र यात्रुको तथ्याङ्‍कले अघिल्लो महिनाको तुलनामा यस वर्षको अगस्तमा यात्रु बढे पनि गत वर्षको तुलनामा ६० प्रतिशत घटेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*