प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटर्वाताको तयारी
वेलकम खबर
कार्तिक २०, २०७७
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच आज दिउँसो भेटघाटको तयारी भएको छ।
बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिममा स्थगित भएको थियो। ‘बुधबार दुई अध्यक्ष भेट्ने भनिएको थियो। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधन भएकाले स्थगित गरिएको थियो।
गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो। चार दिनपछि बिहीबार उनीहरुबीच भेटवार्ताको तयारी भएको हो।



















