पर्यटन मन्त्री भट्टराई ८ दिन गृह जिल्ला ताप्लेजुङको गाउँ गाउँ भ्रमण गर्दै (तालिकासहित)

वेलकम खबर
कार्तिक १९, २०७७

ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कार्तिक २१ गतेदेखि २८ गतेसम्म गृह जिल्ला ताप्लेजुङका विभिन्न स्थानीय तहहरूको भ्रमण गर्ने भएका छन्।

कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गर्दै जिल्लाका स्थानीयतहरुको विकास र आगामी योजना लगायतको विषयमा अनुगमन साथै जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया र छलफल गर्न मन्त्री भट्टराईले भ्रमण गर्न लागेका हुन्।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँका अनुसार मन्त्री भट्टराईले भ्रमण गर्ने सम्बन्धित तहहरुलाई भ्रमणको तालिका पठाएको र सोही अनुसार भौतिक दूरी कायम गर्दै छलफलको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्री उपस्थित हुने कार्यक्रममा सिटको व्यवस्थापन गर्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउन, मास्कको प्रयोगलाई अनिवार्य गराउन, कार्यक्रमस्थल प्रवेश गर्ने स्थानमा साबुन पानीले हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाउन सचिवालयले लिखित रुपमा नै तहहरुलाई पत्राचार गरिसकेको छ।

एक स्थानको कार्यक्रम बढीमा दुई घण्टाभित्रमा सम्पन्न हुने बताइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*