नेकपाको एकता जोगाउनमा भूमिका खेल्न वामदेवलाई राष्ट्रपतिको आग्रह

वेलकम खबर
कार्तिक १९, २०७७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच नेकपाभित्रको आन्तरिक विवादबारे छलफल भएको छ।

राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रपतिको कार्यालय शीतल निवास बोलाएर नेकपाभित्रको विवादबारे चासो व्यक्त गरेका हुन्। भेटमा राष्ट्रपति भण्डारीले नेकपाको एकता जोगाउन भूमिका खेल्न आग्रह गरेको स्रोतले जनाएको छ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल गरे पछि उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने प्रतिक्रिया दिएका थिए। गौतम शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि उपाध्यक्ष गौतम सहभागी भएका थिए। पछिल्ला दिन नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आएका छन्।

यही कारण नेकपाभित्र विवाद बढ्दो छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*