भारतीय सेना प्रमुखलाई नेपालमा भव्य स्वागतको तयारी

वेलकम खबर
कार्तिक १८, २०७७

काठमाडौँ। नेपाल भ्रमणका लागि बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई भव्य स्वागतको तयारी भइरहेको छ। सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो।

नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनको विभिन्न उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसअघि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेर गएपछि नरवणेको भ्रमण हुन लागेको हो। त्यसले गर्दा यो भ्रमणलाई विशेष रुपमा लिइएको छ।

उनको सुरक्षा अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरी सुरक्षा रणनीति बनाइरहेको बताइएको छ । उनको सुरक्षा नेपाली सेना र भारतीय सेना दुवैले दिने बताइएको छ ।

उनको सुरक्षाको रणनीति नेपालस्थित भारतीय दूतावासमा रहेका डिफेन्स विंग्सले बनाइरहेको छ। उनको कार्यक्रमको सम्पूर्ण कार्यसूची सोही विङ्ग्सले हेरिरहेको बताइएको छ।

हालसम्मको प्राप्त सूचना अनुसार तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*