नेपाली र अंग्रेजी भाषामा एकरूपता गर्न निर्देशन
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ। ‘स्टेट’को सट्टा ‘प्रोभिन्स’, ‘भिलेज बडी’को सट्टा ‘रुरल म्युनिसिपालिटी’ प्रयोग गर्न भनिएको छ।


















