११ दिन पछि ओली-प्रचण्डबीच भेट
वेलकम खबर
कार्तिक १५, २०७७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ। प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन्। ओली-प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटघाट हुन सकेको थिएन।
ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो। त्यसयता संवाद ठप्प थियो।



















