देशका पूर्वी र मध्यभागमा दशैँको टीका लगाउने क्रम आज पनि जारी

वेलकम खबर
कार्तिक १४, २०७७

काठमाडौं। विजया दशमीको भोलिपल्ट आज एकादशी। देशका पूर्वी तथा मध्यभागमा दशैँको टीका लगाउने क्रम आज पनि जारी छ। यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ। पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीकाटाला चल्छ।

काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ। टाढा रहेका आफन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*