तयार भयो संघीय सांसदहरूको सुधारिएको लोगो

वेलकम खबर
कार्तिक १३, २०७७

काठमाडौं। संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ। र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ। संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो। तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो।

अहिले सुधारिएको लोगो आएको छ। संसद सचिवालयका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*