नेकपा केन्द्रीय समिति बैठक एक महिना पछिलाई सर्‍यो

वेलकम खबर
कार्तिक १२, २०७७

काठमाडौं। तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो ।

नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।
बालुवाटार स्रोतका अनुसार महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको हो ।

त्यसका लागि पौडेलले मंगलबार ओली र बुधबार बिहान प्रचण्डसँग छलफल गरेका थिए । महासचिवले दुवै नेतासँगको परामर्शपछि पार्टी कार्यालयले औपचारिक रुपमा बैठक स्थगित भएको जानकारी गराएको हो । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

त्यसअघि पार्टी एकताका सबै काम सकेर सांगठानिक कामहरु चुस्त पार्ने नेकपाले घोषणा गरेपनि पूर्व घोषित कार्यक्रमअनुसार एकताका काम नै सम्पन्न हुन सकेका छैनन्। तयारीका सम्वन्धमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक नै पछि धकेलिएपछि नेकपाको महाधिवेशन समेत प्रभावित हुने नेकपाका नेता कार्यकर्ताको बुझाइ छ।

एकताका बाँकी काम सक्न अध्यक्षद्वयलाई दिएको समयसीमा पटक पटक गुज्रिसकेको छ भने पछिल्लो पटक अध्यक्षद्वयबीच नै यसबारे संवाद पातलो हुँदै गएको छ ।ratopati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*