भारत–चीन सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

वेलकम खबर
कार्तिक १२, २०७७

एजेन्सी। भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ। दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए।

दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ। ‘अमेरिकी अधिकारीहरूले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन्। यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो।’

दूतावासले भारत र चीन बिचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ। दूतावासले अगाडि भनेको छ। ‘भारत र चीनसँग असहमतिहरूलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ। तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*