नेकपाकोे केन्द्रीय समिति बैठक अनिश्चित

वेलकम खबर
कार्तिक १२, २०७७

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने नबस्ने अनिश्चित भएको छ। गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो।

तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए।

स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरू हुन सकेका छैनन्। नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले हिजो महासचिवले प्रधानमन्त्री तथा अध्यक्षसँग भेटवार्ता गरेको र आज कार्यकारी अध्यक्षसँगको छलफलपछि बैठकबारे थाहा हुने बताए।

अहिले नेकपामा एकपछि अर्को विवाद देखिन थालेका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच साझा मापदण्ड बन्न नसक्दा असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड र ओलीबीच कर्णाली विवादबारे फरकफरक दृष्टिकोण सार्वजनिक हुन पुगेका थिए।

त्यसपछि ओली र प्रचण्डबीच मतभेद बढेको अड्कलबाजी भइरहेका बेला भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्तापछि थप आशंका बढ्न पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*