कोरोना महामारीका बिच १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए

वेलकम खबर
कार्तिक ११, २०७७

काठमाडौं। कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्याङ्कअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन्।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरूलाई नेपाल आउन दिने गरेको छ। कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्टर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ।

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन्। केन्द्रका अनुसार अफगानिस्तानबाट ५० नेपाली स्वदेश फर्किएका छन्। यस्तै अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २ हजार २१६, कतारबाट २२ हजार ५९४, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ नेपाली फर्किएका छन्।

यसैगरी जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३० नेपाली फर्किएका छन्। यस्तै मलेसियाबाट १७ हजार ९२४, माल्दिभ्सबाट १ हजार २६, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ४१७ नेपाली फर्किँदा साउदी अरेबियाबाट १७ हजार १६०, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११ नेपाली स्वदेश फर्किएका छन्।

यस्तै बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट ५४०, टर्कीबाट २ हजार ९३७, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २५०, भारतबाट ८५ नेपाली स्वदेश फर्किएका छन्। भारतबाट स्थलमार्ग हुँदै ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किएको भएपनि हवाइ उडानमार्फत भने ८५ नेपाली मात्र स्वदेश फर्किएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

यसैगरी इराकबाट ३९, साइप्रसबाट ६४ र जोर्डनबाट ५७७ नेपाली स्वदेश फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*