राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीले लगाए टीका

वेलकम खबर
कार्तिक १०, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन्। उनले शीतल निवास पुगेर टीका लगाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

 

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ।’ थापाले ट्विटरमा लेखेका छन्।

 

प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट टीका र जमराको माला ग्रहण गरेकी छिन्। ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा भएका कारण ओलीले बालुवाटारमा भने श्रीमती शाक्यलाई मात्रै टीका लगाएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*