राष्ट्रपतिले आफ्ना गुरु र आमाबाट ग्रहण गरीन् दशैंको टीका
वेलकम खबर
कार्तिक १०, २०७७
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना गुरु र आमाबाट दशैंको टीका लगाएकी छन्।
गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको साइतमा टीका र जमरा ग्रहण गरेकी हुन्। राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।
राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी छन्।


















