राष्ट्रपतिद्वारा विजयादशमीको शुमकामना : स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

वेलकम खबर
कार्तिक १०, २०७७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर मात्र चाडपर्व मनाउन आग्रह गर्दै विजयादशमीको शुभकामना दिएकी छिन्।

कोरोना भाइरस मानव जातिका लागि एउटा ठूलो स्वास्थ्य चुनौतीका रुपमा रहेको उनले उल्लेख गरेकी छिन्। शुभकामना सन्देशमा भनिएको छ। ‘हाम्रो देशमा पनि यस भाइरसको संक्रमण बढिरहेको छ। यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्न म सबैमा आग्रह गर्छु।’

राष्ट्रपति भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको सम्वद्र्धन गर्न पनि आग्रह गरेकी छिन्। विजया दशमी पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने भण्डारीले विश्वास व्यक्त गरेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*