सात दिनमा २ लाख १८ हजार बढिले छोडे उपत्यका
काठमाडौं। घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका छन्।
ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंको पहिलो र दोस्रो दिन २१२१ हजार, तेस्रो र चौथो दिन २३/२३ हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौं दिन २५ हजार २ सय र सातौं दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका हुन्। योसँगै उपत्यका छोड्नेको संख्या सात दिनमा २ लाख १८ हजार ९ सय पुगेको महाशाखाले जनाएको छ।
फूलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका हुन्। यसअघि बिहीबार ३३ हजार ४ सयले उपत्यका छोडेका थिए। उपत्यकामा विभिन्न कामको सिलसिलामा बसेकाहरू दसैंको टीका थाप्न घर जाने गर्दछन्।
महाशाखाका अनुसार विगतको वर्षमा एकै दिन उपत्यकाबाट बाहिरिनेको संख्या लाखौँ हुन्थ्यो। यसपटक भने कोरोना सङ्क्रमणको जोखिम बढ्ने भन्दै उपत्यका छोड्नेको संख्या कम रहेको छ।


















