कोरोना संक्रमितको उपचारको दायित्वबाट सरकार भाग्दैन : प्रधानमन्त्री

वेलकम खबर
कार्तिक ७, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन्।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो दायित्व हुने बताए। प्रधानमन्त्री ओलीले महामारीमा विभिन्न अफवाह चल्ने गरेको भन्दै महामारीमा राज्यले सबै नागरिकको सहयोगको अपेक्षा गरेको पनि बताएका छन्।

उनले उपचारमा सबै नागरिकको समान उपचारमा पहुँच पुर्‍याउने गरी काम गरिएको पनि दावी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*