ताप्लेजुङमा माछा मार्ने क्रममा ढुङ्गाले किचेर १ जनाको मृत्यु

वेलकम खबर
कार्तिक ६, २०७७

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङ स्थित केवाखोलामा माछा मार्न ढुङ्गा कोट्याउने क्रममा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको सिक्किम घर भइ स्थानीय इन्द्रबहादुर गुरुङको घरमा काम गर्न बस्दै आएका ३० वर्षीय दीपक गुरुङ रहेका छन्। उनी स्थानीय २५ वर्षीय बासु गुरुङसँग मिलेर केवाखोलामा माछा मार्न गएका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार खोलाको भित्तामा ढुङ्गा कोट्याउने क्रममा अचानक ढुङ्गा पल्टिएर दीपकलाई किचेको थियो।

घटनाका बारेमा जानकारी पाउनासाथ प्रहरी चौकी खेवाङबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*