पूर्वमन्त्री बास्कोटालाई कोरोना पुष्टि
वेलकम खबर
कार्तिक ६, २०७७
काठमाडौँ। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।



















