आज नवरात्रको छैठौं दिन : कात्यायनी माताको पूजा गरिँदै

वेलकम खबर
कार्तिक ६, २०७७

काठमाडौं। आज (विहीबार) बडादसैं अन्तर्गत नवरात्रको छैठौं दिन। घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ। यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नास हुने धार्मिक विश्वास छ।

दसैँमा नौ दिनसम्म शक्तिपीठ तथा दसैँ घरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरी दसैँमा शक्ति पूजा गर्ने प्रचलन छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरू बन्द छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*