कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

वेलकम खबर
कार्तिक ५, २०७७

काठमाडौं। कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ। गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ। कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*