राष्ट्रपतिको दुई महिनाको तलब र दशैं खर्च कोरोना कोषमा
वेलकम खबर
कार्तिक ५, २०७७
काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले दशैं खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने भएकी छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गर्ने घोषणा गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले पनि दशैं भत्ताबापतको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। त्यस्तै प्रदेश सरकारका प्रतिनिधिले पनि दशैं खर्च नलिने बताएका छन्।




















