राष्ट्रपतिद्धारा उद्‌घाटन भयो रानीपोखरी

वेलकम खबर
कार्तिक ५, २०७७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो।

वि. सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ। यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो। तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेको थिएन।

सबैका लागि खुला
ऐतिहासिक सम्पदा रानीपोखरी उद्घाटन भएसँगै सबैका लागि खुला हुनेछ। अबदेखि सुरक्षाकर्मीले सुरक्षा गर्नेछन्। बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार वर्षको एक दिन भाइटीकामा खुल्ने गर्छ। यो मन्दिर पनि पाँच वर्षपछि यसपालिको भाइटीकामा खुल्ने भएको छ।

रानीपोखरी सहित समग्र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने प्राधिकरणको तयारी छ। प्राधिकरणका अनुसार प्राधिकरणले गर्नुपर्ने अरु थप कामहरु सम्पन्न गरेर हस्तान्तरण गरेपछि महानगरपालिकाले व्यवस्थापन गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*