ओलीले नेपाललाई भने : खुमलटार धाउनु भन्दा मसँग मिलेर जाऔँ

वेलकम खबर
कार्तिक ५, २०७७

काठमाडौं। स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ।

दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे। बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन्।

उनले दाहालनिवास खुमलटार धाउनु भन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ। नेपालनिकट नेताहरूका अनुसार ओलीले मिलेर जाऔँ भने पनि नेपालको तर्फबाट ठोस प्रस्ताव आएको छैन।

नेकपा भित्र शक्ति सङ्घर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दूरी बढेको थियो। पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ। कान्तिपुर दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*