ताप्लेजुङमा निषेधाज्ञा जारी
ताप्लेजुङ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमबारबाट पूर्णिमा अथवा आगामी १५ गते सम्म निषेधाज्ञा जारी गरेको छ। जिल्लाभरी साँझ ८ बजेदेखि बिहान ५ बजे सम्म हिँडडुल, बजार र छोटो दूरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञापित जारी गरी जिल्ला भरका सबै मठमन्दिर, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा र प्रार्थना बाहेक सामूहिक रुपमा भेला जम्मा भइ पूजा, प्रार्थना, भजन कीर्तन, बली पूजा, मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने जनाएको छ।
चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भइ शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरू समेत गर्न नपाइने भएको छ।




















