भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

वेलकम खबर
कार्तिक ३, २०७७

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए। ‘उहाँको आजै पोजेटिभ रिपोर्ट आएको छ। सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ।’ योङहाङले भने।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*