कोरोनाका कारण कार्यक्रम गर्न नसक्दा कर्मचारीलाई बिदा

वेलकम खबर
अशोज ३०, २०७७

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई बिदा दिने भएको छ।

कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि सीमित क्षेत्रमा मात्र गर्ने भएकाले आवश्यक बाहेकका कर्मचारीेलाई बिदा दिन निर्देशन आएको परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए।

आर्थिक वर्ष सकिएको तीन महिनापछि कर्मचारीलाई बिदा दिनू भनेर परियोजनाले गत असारमा पत्र पठाएको थियो, तीन महिना असोज मसान्तमा सकिने भएकाले सोअनुसार कर्मचारीहरूलाई व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ थियो।

बेलायती नगरिक ग्राम रिक्लीको आर्थिक सयोगमा विगत २०६९ देखि ताप्लेजुङको हिमाली तथा अति दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सो कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए।

परियोजनाको प्राविधिक सहयोगमा ताप्लेजुङको दुर्गम गाउँ कञ्चनजघा संरक्षण क्षेत्रमा ४ वटा सहकारी संस्था स्थापना गरि प्रत्येक घर परिवार सहकारीको शेयर सदस्यमा आवध गाराई वित्तीय सेवामा सहज ल्याएको कार्यक्रम संयोजक चङसुले बताए।

उनका अनुसार छ कार्मचारी कार्यरत रहेकामा चारजनालाई बिदा दिनुपर्ने भएको हो। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*