बाबुरामको आरोपमा सत्यता नभएको भन्दै प्रधानमन्त्रीद्वारा खण्डन

वेलकम खबर
अशोज ३०, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीहरूमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका छन्।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोपमा कुनै सत्यता नभएको बताए। उनले गलत कुराको प्रचार गरिएको बताए।

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*