बिप्लवले नेतृत्व गरेका ताप्लेजुङ सेक्रेटरी किशोर सत्तारुढ दल नेकपामा प्रवेश

वेलकम खबर
अशोज २९, २०७७

ताप्लेजुङ। नेत्रविक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बो लिम्बू सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रबेश गरेका छन्।

बिहीबार अपरान्ह कारागारबाट रिहा भएका उनले रिहा भए लगत्तै एक विज्ञप्ति प्रकाशित गरी आफू सत्तारुढ दल नेकपा प्रवेश गरेको जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा नेत्रविक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको पार्टीले लिएको नीति तथा कार्यक्रमले नेपाल र नेपालीको समृद्धि नभइ मुलुक द्धन्दमा फस्ने ठहर गर्दै सो पार्टी परित्याग गरेको उल्लेख गरिएको छ।

उनले विज्ञप्तिमा मार्फत नेत्रविक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको पार्टीको नीति तथा कार्यक्रमबाट नेपाली जनताको क्रान्ति प्रतिको विश्वास दुस्साहसमा फस्ने भएकोले सो पार्टीमा आफू नरहेको घोषणा गरेका छन्। उनलाई पार्टी प्रवेश गराउँदै नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले सुखी नेपाली र समृद्ध नेपालका लागि नेपाल कम्युनिष्ट पार्टी९नेकपा० नै अहिलेको बलियो शक्ति भएको बताए।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष बिजयप्रकाश वनेम, सचिव तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङ, प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री र मिङ्माडण्डु शेर्पा, कार्यालय सदस्य मातृकाप्रसाद भट्टराई र सन्तोष खतिवडा लगायतको उपस्थिति रहको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*